कोशी प्रदेशमा प्रचण्डपथ लागू हुन सक्दैनः योगेश भट्टराई

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने प्रचण्डपथ कोशी प्रदेशमा सफल नबन्ने बताउनुभएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टीले यस्तो बताएको हो ।

पार्टीको तर्फबाट सञ्चारकर्मीहरुसँग बोल्दै सचिव भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले कोशी प्रदेश नामाकरणको बिरोध शान्तिपूर्ण रुपमा गर्न पाउने भएपनि नेकपा (माओवादी केन्द्र) का संगठनहरुले नै प्रमुख प्रतिपक्षी दलका नेतामाथि आक्रमणको प्रयास गर्नु आपत्तिजनक रहेको बताउनु भयो ।

उहाँले अहिले एउटा राजनीतिक दल नेकपा एमाले लक्षित गरी आक्रमण भइरहेको बताउनु भयो । उहाँले अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने र त्यहीमाथि टेकेर टाउकोमा हान्ने प्रचण्डपथ फेरि लागू गर्न खोजिएको हो भने कोशी प्रदेशमा सह्य नहुने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रदेशको नामाकरण र प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेश सभालाई हुन्छ । त्यस अनुसार ६ प्रदेशले नाम राजधानी सबै गरे, प्रदेश १ ले पनि निर्णय लियो, त्यसमा मुख्यमन्त्री हिक्मत कार्कीले सामान्य समन्वय गर्नुभयो । उहाँले नेपालका शीर्ष राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्नुभयो । त्यो समन्वयको आधारमा प्रदेश सभाले निर्णय गरेको हो ।उसकोसंवैधानिक अधिकार हो । त्यसको बिरोध गर्न पाइन्छ तर सीमा हुन्छ । उहाँहरुले अपनाएको शैलीको हामी निन्दा गर्दछौँ । नेकपा एमाले केन्द्रित लक्षित जुन आक्रमण छ, त्यो आक्रमणले हामीलाई कतै सत्ता केन्द्रित दलहरु नै संलग्न छैनन् ? भन्ने संका छ । प्रधानमन्त्री स्वयंले नै आगोमा घिउ थपिरहनुभएको छ। प्रधानमन्त्रीले सहमति दिनुभयो, पार्टी फिर्ता हुन्छ भन्नुभयो नामाकरण पछि । आएको रिपोर्टमा माओवादीका साथीहरु संलग्न भएका छन् भन्ने छ । त्यो कुरा पुलिस,प्रशासन, प्रधानमन्त्रीलाई थाहा छ । अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने र त्यहीमाथि टेकेर टाउकोमा हान्ने प्रचण्डपथ फेरि लागू गर्न खोजिएको हो भने कोशी प्रदेशमा यो सम्भव छैन । हामी गोरखाली भाषामा प्रचण्डपथलाई भन्न चाहन्छौँ, कोशी प्रदेशमा यो सम्भव छैन ।’

प्रधानमन्त्री दाहालले कोशी प्रदेश नाममाकरण गर्न सहमति दिएपछि पुनः फिर्ता लिनु गैरजिम्मेवारीपन भएको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?