बुद्धले फेरि थप्यो नयाँ जहाज

फाईल तस्बिर

Read Time = 1 min

काठमाडौं । बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ । शुक्रबार १५औँ एटिआर-७२ जहाज भित्र्याएको हो । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार नयाँ जहाजले आवश्यक कागजी प्रक्रिया पुर्‍याएर एक महिनाभित्र व्यावसायिक उडान सञ्चालन गर्नेछ ।

ठूला जहाजबाट उडान भर्दा सञ्चालन खर्च कम हुने र भाडादर पनि स्वतः सस्तो हुने भएकाले ७२ सिटे जहाज भित्र्याइएको बुद्ध एयरले जनाएको छ । पछिल्लो जहाजसँगै बुद्ध एयरका १५ एटिआर जहाज पुगेका छन् ।

जसमध्ये १२ एटिआर-७२ र तीन एटिआर-४२ जहाज छन् । नयाँ जहाज थपिएपछि हाल दैनिक दुर्ईवटा उडान हुँदै आएको धनगढी र सुर्खेत गन्तव्यमा एउटा उडान थप्ने र संखुवासभाको तुम्लिङटारमा एटिआर-७२ जहाजबाट उडान भर्ने बुद्धको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?