नेपाल-पाकिस्तान मैत्रिपूर्ण ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पाकिस्तानी दुतावसको आयोजनामा हुने आठौं संस्करणको नेपाल-पाकिस्तान मैत्रिपूर्ण ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको ट्रफी सोमबार सार्वजनिक गरिएको छ ।

पाकिस्तानी दुतावासमा आयोजित एक कार्यक्रममा प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको हो । सार्वजनिक कार्यक्रमपछि बोल्दै नेपाली टोलीका पूर्वकप्तान पारस खड्काले प्रतियोगिताबाट नेपाली युवा प्रतिभावन खेलाडीले मौका पाउने गरेको बताउनुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हिसाबमा युवा खेलाडीले खेल्ने गरेपनि दुतावासले आयोजना गर्दै आएको प्रतियोगिताले युवा खेलाडीलाई मौका दिने गरेको बताउनु भयो । खड्काले पाकिस्तानी दुतावासमा रहेको मैदान नेपालमा भएको मैदान मध्येको सेवा सुविधा सम्पन्न मैदान भएको र दुवै देशका सरकारबाट दुतावसमा अवस्थित मैदानलाई पूर्ण रूपको मैदानको रुपमा प्रयोग गर्ने मिल्नेगरी उपलब्ध गराउन आग्रह गर्नुभयो ।

प्रतियोगितामा कुल १२ टोलीले प्रतिष्पर्धा गर्नेछन् । नेपालमा रहेका उदीयमान खेलाडीको हौसला प्रदान गर्नका लागि आयोजना गर्दै आएको छ । प्रतियोगिताको ट्रफी नेपालको तर्फबाट पूर्व कप्तान पारस खड्का र दुतावसका उपराजदुत उमर अलिले संयुक्त रुपमा सार्वजनिक गर्नुभयो । प्रतियोगिता १० मार्चदेखि १८ मार्चसम्म आयोजना हुँदैछ । दुतावसले सहभागि १२ टोलीलाई चार समूहमा विभाजन गरी खेलाउनेछ । चार समूहका शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् र सेमिफाइनलमा विजयी टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?