इङवा हाइड्रोपावरको आइपिओमा आवेदन दिने आज अन्तिमदिन

Read Time = 2 mins

काठमाडौं । इङवा हाइड्रोपावरको आइपिओमा आवेदन दिने आज अन्तिमदिन रहेको छ । कार्यालय समयभित्र यस आइपिओमा आवेदन दिन सकिनेछ । हाइड्रोपावरले वैशाख १३ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निष्काशन गरेको हो ।

कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपिओ जारी गरिसकेको छ ।

कम्पनीले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आइपिओ जारी गरेको हो ।

त्यस्तै, सामूहिक लगानी कोष ५ प्रतिशत अर्थात् ७४ हजार ६५८ कित्ता र कर्मचारीका लागि २ प्रतिशत अर्थात् २९ हजार ८६३ कित्ता छुट्याइएको छ ।

बाँकी १२ लाख ६८ हजार ६३९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यो आइपिओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी केयर नेपालले इङवा हाइड्रोपावरको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?