राज्यका निकायमा संविधान अनुसार महिलाको प्रतिनिधित्व भएन: कृष्नाकुमारी खतिवडा

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 3 mins

कालीकोट । राष्ट्रिय महिला आयोगकी सदस्य कृष्नाकुमारी खतिवडाले संविधान अनुसार महिलाको प्रतिनिधित्व हुँन नसकेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालीकोटले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

सदस्य खतिवडाले नेपालको संविधान अनुसार राज्यको हरेक क्षेत्रमा महिलाको सहभागिता अझै हुँन नसकेको बताउनुभयो । आइतबार कालीकोटको सदरमुकाम मान्ममा पत्रकार, नागरिक समाज तथा जनप्रतिनिधिहरूसँगको भेटघाटमा खतिवडाले यस्तो बताउनुभयो ।

अशिक्षा, अज्ञान्ता र गरीबीकै कारण महिला हिंसा कर्णाली र सुदूरपश्चिममा अलि बढिनै रहेको बताउनुभयो । छाउपडी, बालविवाहलगायत अन्य सामाजिक कुसंस्कारमा कुनै पनि परिवर्तन नआएकाले महिला हिंसा बढेको उहाँको भनाई थियो ।

यस्तै खतिवडाले यसको समाधानका लागि आफू कर्णालीमा बुझ्न आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालको हरेक राजनीतिक घटनाक्रममा महिलाको सहभागिता छ । एक स्थानीय तहमा प्रमुख वा उपप्रमुख अनिवार्य महिला हुँनु पर्ने छ । तर, एकसय ६९ स्थानीय तहमा महिला छैनन्, पुरूष रहेका छन् ।’

अँझै एक सय ९१ वटा न्यायिक समिति छन् तिनी अझै अधिकारविहिन रहेको खतिवडाले भन्नुभयो । राज्यले बनाएको संविधानमा महिलाको ३३ प्रतिशत पनि प्रतिनिधित्व छैन्, जनसंख्याको आधारमा महिलाको अधिकार छुटाउन पर्ने उहाँको भनाई छ ।

महिला अधिकारका सवालमा स्थानीय सरकारले पनि ऐन कानुन बनाएर काम गर्न पनि सुझाव दिनुभएको छ । भेटघाट कार्यक्रम नेपाल पत्रकार महासंघ कालीकोटले समन्वय र सहजिकरण गरेको थियो ।

कार्यक्रममा नरहरीनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र बिष्ट, महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह, प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी, नेपाल पत्रकार महासंघ कालीकोटका अध्यक्ष भरतराज बिष्ट, नेपाल बारका अध्यक्ष अम्मलराज शाहीलगायतका सरोकारवाला र पत्रकारहरूको सहभागीता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?