प्रेस युनियन पाल्पाको उपसभापतिमा हिटाकर्मी रायमाझी

हिमालय टाइम्स
Read Time = 6 mins

पाल्पा । प्रजातान्त्रिक पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियन पाल्पा शाखाको उप–सभापतिमा हिटाकर्मी रामचन्द्र रायमाझी निर्विरोध निर्वाचित हुनुभएको छ । युनियनको तानसेनमा भएको नवौं अधिवेशनले हिमालय टाइम्सका पाल्पा संवददाता रायमाझी उप–सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

विगत एक दशकदेखि पाल्पामा रहेर पत्रकारिता गर्दैै आउनुुभएका रायमाझी यस अघि युनियनको जिल्ला सचिव हुनुहुन्थ्यो । सचिव हुँदा संगठन विस्तार र संस्थागत विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका उहाँ अहिले उपसभापति बन्नुु भएको हो ।

छोटो समयमा पत्रकारिता क्षेत्रमा फड्को मार्नुु भएका रायमाझीले विशेष गरी समसामयिक, राजनीतिक, आर्थिक क्षेत्रमा हुने विकृति विसंगतीका विषयमा खरो रुपमा कलम चलाउँदै आउनु भएको छ । अर्थशास्त्रमा स्नाकोत्तर गर्नु भएका रायमाझी निकै संघर्षशिल व्यक्तिका रुपमा चिनिनुहुन्छ । गुल्मीमा आइएसम्म अध्ययन गर्नुभएको उहाँ स्नातक र स्नाकोत्तर पाल्पाबाट गर्नु भएको हो । उपसभापतिमा निर्वाचित भएसँगै रायमाझीले संगठन विस्तार र सदस्यहरुको क्षमता विकासमा थप प्रभावकारी काम गर्ने बताउनुभएको छ ।

यस्तै युनियनको सभापतिमा मन गहिरे निर्विरोध निर्वाचित हुुभएको । जसको खुल्ला उपाध्यक्षमा विष्णुु खनाल र समावेशी उपसभापतिमा दानुु हिस्की चयन हुनुभएको छ । यस्तै सचिवमा विष्णुु प्रसाद घिमिरे, सहसचिवमा इमानसिं राना, वविता विस्ट, सन्तोष सुनार, कोषाध्यक्षमा दिपक भट्टराई रहेको प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले जानकारी दिनुुभयो । यस्तै सदस्यहरुमा किसन पोखरेल, जीवन तिवारी, मिना कुमाल, प्रकाश ज्ञवाली, रमेश राना, भविश्वर पौड्याल, सुमन कार्की, दुर्गा अर्याल, इवन ढेंगा र शुशिल बस्याल चयन भएका छन् ।

रायमाझीलाई तिलकराम नेपाल स्मृति पत्रकारिता पुरस्कार

यस्तै अधिवेशनको अवसरमा प्रेस युनियन पाल्पा शाखाले हिटाकर्मी रामचन्द्र रायमाझी तिलकराम नेपाल स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ । उसले गंगाराम नेपालले स्थापना गरेको तिलकराम नेपाल स्मृति पुरस्कारबाट रायमाझीलाई पुुरस्कृत गरेको हो । उहाँलाई नगदसहित प्रमाणपत्रले सम्मान गरिएको छ । युनियनले पत्रकारिताको माध्यमबाट समाजमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै रायमाझीलाई पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको हो ।

यस्तै युनियनले स्वर्गीय चकोरमान शाक्यले स्थापना गरेको पूर्णमान स्मृति पत्रकारिता पुरस्कारबाट भरत शर्मा, मीना पन्थीले स्थापना गरेको राजेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट इमान सिं राना, उदय घिमिरेले स्थापना गरेको लक्ष्मण घिमिरे पत्रकारिता पुरस्कारबाट सरस्वती दंगाल, राम प्रसाद श्रेष्ठले स्थापना गरेको मान बहादुर श्रेष्ठ स्मृति पुरस्कारबाट दुर्गेश मल्ल, सुरेशमान कर्मचार्यले स्थापना गरेको विकास पत्रकारिता पुरस्कारबाट विष्णु खनाल, त्रिलोचन पौडेलले स्थापना गरेको बालकुमारी स्मृति पत्रकारिता पुरस्कारबाट पुष्कराज रेग्मी र बुद्धि प्रसाद शर्मा र शोभा शर्माद्वारा स्थापित पत्रकारिता पुरस्कारबाट कविराज नेपाललाई समेत पुरस्कृत गरेको छ । यस्तै युनियनले संस्थागत विकासमा सहयोग पुु¥याएका माथागढी गाउँपालिकाका पूर्व अध्यक्ष सन्तोष थापा मगर, रैनादेवी छहरा गाउँपालिकाका पूर्व अध्यक्ष रामबहादुर कार्की, रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा, बगनासकाली गाउँपालिकाका पूर्व अध्यक्ष कृष्णप्रसाद बस्याल, नेपाली काँग्रेस महासमिति सदस्य सन्दीप राना समेत सम्मान गरेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?