ठेकेदारले अति गरेपछि सांसदसहितको टोलीले गर्‍याे चक्काजाम

तस्वीर : मध्यपहाडी लोकमार्ग अन्तर्गत महुरेमा गरिएको चक्काजाम ।

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 5 mins

खोटाङ । ठेकेदारले अति गरेपछि खोटाङ प्रदेश ‘क’बाट निर्वाचित कोशी प्रदेश सांसद पाँचकर्ण राई (पिके) को नेतृत्वमा राष्ट्रिय राजमार्ग नै बन्द गर्दै चक्काजाम गरिएको छ ।

सगरमाथा राजमार्गको गाईघाट–दिक्तेल सकडखण्ड अन्तर्गत खोटाङतर्फको ४८ किलोमिटर सडक चार वर्षमा कालोपत्रे गर्ने ठेक्का लिएको ठेकेदारले सात वर्ष वित्दा पनि कालोपत्रे नगरेपछि आईतबार बिहान मध्यपहाडी लोकमार्ग अन्तर्गत महुरेमा डेढ घण्टा (बिहान ६ बजेदेखि ७ः३० बजेसम्म) चक्काजाम गरिएको हो ।

महुरेदेखि राजापानीको सिमपानीसम्म २२ किलोमिटर भारत कन्ट्रक्सन/सिद्धीशाही जेभी र राजापानीको सिमपानीदेखी फोक्सिङटारसम्म २६ किलोमिटर सडक कालोपत्रे गर्ने ठेक्का देवनारायण पवन मैनाचुली खम्पाचे जेभीले लिएको थियो । तर, दुवै प्याकेजमा कालोपत्रे गर्नुको सट्टा सडकको हालत बनाएर ठेकेदारहरु सम्पर्क विहीन भएपछि सडक प्रयोग गर्दै आएका स्थानीय नागरिकसहितको उपस्थितीमा चक्काजाम गर्नुपरेको सांसद राईले बताउनुभयो ।

अब जेठको पहिलो साताबाट कालोपत्रेको काम सुरु नभए गाउँगाउँबाट मान्छे उतारेर राष्ट्रिय राजमार्ग नै अनिश्चितकालीन बन्द गरिने सांसद राईले चेतावानी दिनुभएको छ ।

ठूलाठूला नेताको आडमा लागेर ठेकेदारले सडक कालोपत्रे नगर्दा बर्खामा हिलाम्मे हुने र हिउँदमा धुलाम्मे हुँदा स्थानीयलाई यात्रा गर्नै सकस भएको र सडककै कारण कतीपयको जीउज्यान नै अंगभंग भएको राजापानीका वडाध्यक्ष अनिस कार्कीले बताउनुभयो ।

सडकको ठेक्का लागेपछि सातजना सिडिओ र १७ जना ठेकेदार फेरिदा पनि सडक कालोपत्रे नहुुनु दुःखद पक्ष रहेको बुईपाका वडाध्यक्ष दिनेश राईले बताउनुभयो । बर्खाको समयमा त पैदल हिड्नै गारो हुने वडाध्यक्ष राईको भनाई छ ।चक्काजाममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राई पनि सहभागी हुनुहुन्थ्यो ।

चार वर्षमा कालोपत्रे हुनु पर्ने सडक सात वर्षमा पनि बनेन

सिद्धीशाहीले ४ वर्षभित्र कालोपत्रे गर्ने भनि सडक विभागसँग २०७३ असार ३० गते सम्झौता गरेको थियो । ४१ करोड ५० लाख बजेटमा सम्झौता गरेको सिद्धीशाहीले २०७७ असार २९ गते कालोपत्रेको काम सक्नुपर्ने थियो ।

यस्तै, मैनाचुलीले पनि ४ वर्षमा कालोपत्रे गर्ने भनि सडक विभागसँग २०७३ साउन ११ गते सम्झौता गरेको थियो । ५५ करोड ८७ लाखमा सम्झौता गरेको मैनाचुलीले २०७७ साउन १० गते कालोपत्रेको काम सक्नुपर्ने थियो ।

तर, हालसम्म कालोपत्रेको प्रगति शुन्य रहेको दिक्तेल–गाईघाट सडक विभागका योजना प्रमुख गोपाल खकुरेलले बताउनुभयो । खकुरेलका अनुसार सिद्धीशाहीको आगामी असारसम्म म्याद छ । मैनाचुली भने प्रक्रियामा नआएपछि म्याद गुज्रिएको छ ।

ठेकेदारले काम नगरेपछि सिद्धीशाहीबाट ६ करोड र मैनाचुलीबाट ४ करोड मोविलाइजेसन पेश्की तथा १ करोड ब्याज तानिएको छ । मैनाचुलीको ठेक्का तोडिए पनि अदालतले अन्तरिम आदेश दिएको थियो । सिद्धीशाहीले साउनसम्म काम नगरे उसको पनि ठेक्का तोडिने खकुरेलले बताएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?