केपी ओलीलाई राप्रपा प्रवक्ता श्रेष्ठको प्रश्न- ०६३ सालसम्म तपाईंहरू पनि फटाहा, मुर्ख र अज्ञानी हो ?

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं  । ‘राजतन्त्र स्वार्थी, फटाहा र मुर्खले मान्ने’ भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति असहिष्णु र विद्वेषपूर्ण रहेको राप्रपाले जनाएको छ ।

एमालेनिकट अखिल नेपाल किसान महासंघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजतन्त्र स्वार्थी, फटाहा, मुर्ख, अज्ञानी, दलाल र बुद्धि नभएकाहरुले मान्ने अभिव्यक्ति दिनुभएको थियो। उक्त अभिव्यक्तिप्रति राप्रपाले आपत्ति जनाउँदै आफ्नो अभिव्यक्ति फिर्ता लिन अध्यक्ष ओलीलाई आग्रह गरेको छ ।

ओलीको अभिव्यक्ति आपत्ति र दुर्भाग्यपूर्ण रहेको र यसले राजसंस्था पक्षधर ठूलो पंक्तिको आस्था र भावनामा चोट पुगेको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताउनु भयो । ओलीको अभिव्यक्ति असहिष्णु र विद्वेषपूर्ण रहेको बताउँदै प्रवक्ता श्रेष्ठले प्रश्न गरेका छन्, ‘२०६३ सालसम्म के ओलीजीहरु पनि फटाहा, मुर्ख र अज्ञानी हुनुहुन्थ्यो ?’

एमाले अध्यक्ष ओलीको अभिव्यक्ति सार्वजनिक भएलगत्तै सामाजिक सञ्जाल फेसबुकमा प्रवक्ता श्रेष्ठले लेख्नुभएको छ 'राजसंस्था पक्षधर ठूलो पंक्तिको आस्था र भावनामा चोट पुग्ने गरि एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्ति आपत्तिजनक र दुर्भाग्यपूर्ण छ। राजसंस्था मान्नेहरु फटाहा, मुर्ख र अज्ञानी हुन्छन् भन्ने उहाँको अभिव्यक्ति असहिष्णु र विद्वेषपूर्ण छन् । आफ्नो अभिव्यक्ति फिर्ता लिन अनुरोध गरिन्छ । सँगसँगै प्रश्न पनि गर्न चाहन्छु– ०६३ सालसम्म के ओलीजीहरु पनि फटाहा, मुर्ख र अज्ञानी हुनुहुन्थ्यो ?’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?