काठमाडौंसहित देशका धेरैजसो भू-भागमा बर्षाको संभावना

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागहरूमा आँशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहेको छ।

दिउँसो काठमाडौंसहित देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू-भागका केही तथा तराईका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका थोरै तथा तराईका एक/दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ, हावाहुरीबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?