रविलाई सरकारमा आउन प्रधानमन्त्री प्रचण्डको आग्रह

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा आउन आह्वान गर्नुभएको छ ।

सोमबार बिहान प्रेस सेन्टरले चितवनमा आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले रवि लामिछाने नेतृत्वको रास्वपालाई सरकारमा आउन आह्वान गर्नुभएको हो ।

उहाँले रास्वपा आए आफू भ्रष्टाचारको जुनसुकै फाइल खोल्न तयार भएको बताउनुभयो । ‘तपाइँ आउनुस्, भ्रष्टाचारको कुन फाइल खोल्नुपर्यो म तयार छु,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

सरकारमा आउने विषयमा लामिछाने पनि सकारात्मक रहेको उहाँको भनाइ छ ।

यसैबीच, प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशको नामकरणको आन्दोलनमा सत्तारुढ दल सहभागी नभएको बताउनुभएको छ । उहाँले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लक्षित आक्रामणमा सत्तारुढ दलको संलग्नता नरहेको पनि जनाउनुभएको छ ।

‘केपी ओलीजी पूर्व जाँदा केही आक्रामणको प्रयास भएको बुझियो, त्यसलाई सरकारले गम्भिरतापुर्वक लिएको छ, त्यसमा कोशी प्रदेश नामाकरणसँग असहमति राख्नेहरु छन तर सत्तारूढ दलको संस्थागत विरोध भन्ने कुरा चाँही विल्कुलै होइन। त्यो झुठो कुरा हो,’ प्रचण्डले भन्नुभयो । तर, एमाले अध्यक्ष ओलीले प्रदर्शनमा पूर्वराजपरिवारमामा आस्था राख्ने मानिसहरु रहेको गर्नुभएको छ, त्यो चाँही निकै संवेदनशील बिषय हो, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

यस्तै उहाँले सरकार पाँचै वर्ष टिक्नेमा शंका नगर्न आग्रह गर्नुभएको छ ।

‘सरकार ढल्छ भन्ने कुरा भ्रम हो । तपाईं नोट गर्नुहोला, सरकार यताउति हुन्छ कि भन्ने निकै ठूलो भ्रम हो । यो सरकार पाँचै वर्ष चल्छ,’उहाँले पत्रकारको प्रश्नमा जवाफ दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?