चक्रबहादुर ठकुरी स्मृति तेक्वान्दो शुक्रबारदेखि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । श्रीसुन्दरी माई तेक्वान्दो डोजाङ, नेपालको आयोजनामा प्रथम चक्रबहादुर ठकुरी स्मृति जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । गोकर्णेश्वर नगरपालिकाको प्रायोजनमा हुने प्रतियोगितामा विभिन्न २० डोजाङका २६० पुरुष र २०० महिला गरी जम्मा ४६० खेलाडीको सहभागिता रहने आयोजक डोजाङका प्रमुख एवं प्रतियोगिता संयोजक सुवासचन्द्र गौतमले जनाउनुभएको छ । सहभागी खेलाडीलाई दर्ता शुल्क लाग्ने छैन ।

गेरोगीमा २१ तथा पुम्से (एकल) मा दुई गरी जम्मा २३ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । गोकर्णेश्वर नगर खेलकुद विकास समिति तथा गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजनमा हुन लागेको प्रतियोगिताका उत्कृष्ट पुरुष/महिला खेलाडीलाई जनही पाँच हजार नगद पुरस्कारसहित ‘डोबोक’ प्रदान गरिनेछ ।

दुईदिने प्रतियोगिता सञ्चालन गर्न करिब पाँच लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । खेलहरू गोकर्णेश्वर नगरपालिका वडा १ को सुन्दरीजलस्थित ओख्रेनी माविमा खेलाइनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?