मनाङका मुख्य प्रशिक्षकद्वारा राजीनामा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन क्लब मनाङ मस्र्याङ्दी क्लबका मुख्य प्रशिक्षक किरण श्रेष्ठले राजीनामा दिनुभएको छ । मनाङले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् श्रेष्ठले राजीनामा दिएको जनाएको हो ।

मनाङले लगातार पछिल्लो ६ ‘ए’ डिभिजनका खेलमा पराजय भोगेपछि मुख्य प्रशिक्षकको राजीनामा आएको हो । लगातारको हारका कारण क्लब लिगको दशौँ स्थानमा छ । मनाङले १३ खेलबाट जम्मा १५ अंकमात्रै जोड्न सकेको छ ।

व्यक्तिगत कारण देखाएर श्रेष्ठले क्लब छाडेको मनाङले जनाएको छ । मनाङले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि उहाँलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । मनाङ आठ पटकको ‘ए’ डिभिजन लिग च्याम्पियन क्लब हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?