मुख्यमन्त्री चौधरीले विश्वासको मत लिन बसेको लुम्बिनी प्रदेशको बैठक स्थगित

हिमालय टाइम्स
Read Time = 1 min

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्रि डिल्लीबहादुर चौधरीले विश्वासको मत लिन बसेको बैठक आधा घन्टाका लागि स्थगित भएको छ ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्ती भएको जानकारी प्रदेशसभा बैठकलाई नगराई विश्वासको मत लिन खोजेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएपछि बैठक आधा घन्टाका लागि स्थगित हुन पुगेको हो ।

बैठक मंगलबार बिहान ११ बजेदेखि सुरु भएको थियो ।

प्रतिपक्ष दल एमाले र राप्रपाले आपत्ति जनाए पछि सभामुख तुलाराम घर्तीले आधा घन्टाका लागि स्थगित गर्नुभएकाे हाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?