भोक हडतालमा रहेका प्यालेस्टाइनी नेताको इजरायली जेलमा मृत्यु

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । झन्डै तीन महिनादेखि भोक हड्ताल गरिरहेका प्यालेस्टाइनका नेता खदिर अदनानको मृत्यु भएको छ ।

इजरायली जेलमा रहेको अदनानले भोक हडताल सुरु गरेको ८६ दिनमा उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन ।

इजरायली जेलका राजबन्दी अदनान मंगलबार बिहान बेहोस अवस्थामा फेला परे पछि उनलाई अस्पताल पुर्‍याइएको थियो तर उनको उपचारको क्रममा मृत्यु भएको इजरायली बिदेश मन्त्रालयले जानकारी दिएको छ ।

उनी अदनान ‘इस्लामिक जिहाद’ समूहका वरिष्ठ सदस्य थिए, जुन समूहलाई इजरायलले आतंकवादी संगठन घोषणा गरेको थियो । इजरायलमा प्यालेस्टाइनी विद्रोही सङ्गठन इस्लामिक जिहादका नेता खादिर अदनानको भोक हडतालको क्रममा मृत्यु भए पछि इजरायलको आलोचना सुरु भएको छ ।

इजरायल जेल सेवाका अनुसार ५ औं भोक हडताल जारी राखेको बखतमा उपचार गराउन प्रयास गरिए पनि उनले अस्वीकार गर्र्दै आएको जनाएको छ ।

अदनानले सन् २०१२ मा ६६ दिनको भोक हडताल गरेका थिए भने सन् २०१५ मा ५९ दिनको भोक हडताल गरे पछि उनलाई जेल मुक्त गरिएको थियो । पछिल्लो भोक हडताल उनको ५ औ भोक हडताल हो ।

अमानवीय कानुनको विरोधमा अदनानले पटक पटक भोक हडताल गर्नु परेको जनाए पनि ४४ वर्षीय अदनानमाथि आतंकवादी समूहमा लागेको, सर्वसाधारणलाई भड्काएको आरोपमा मुद्दा चलिरहेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?