घरमा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु

Read Time = 1 min

तनहुँ । तनहुँमा घरमा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु भएको छ ।

पृथ्वी राजमार्गको दमौली मुग्लिङ सडक खण्डअन्तर्गत आँधिखोलामा ना ४ ख १९७३ नं. को ट्रक अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किन पुग्दा सो हताहती भएको हो ।

दुर्घटनामा बन्दिपुर गाउँपालिका–१ बस्ने १२ वर्षीय आयुष भुजेल, ५० वर्षीय चेतबहादुर भुजेल र वर्ष ६९ का सनबहादुर भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पाँचजना घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको विषयलाई लिएर पूर्णरुपमा बन्द रहेको पृथ्वीराजमार्ग सडक दिउँसोदेखि सञ्चालनमा आएको तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?