नक्कली भुटानी शरणार्थी प्रकरणबारे एमाले अध्यक्ष ओली : ‘निर्दोष पर्न हुँदैन र दोषीलाई उम्काउनु हुँदैन’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरण बारे एमाले अध्यक्ष केपी शर्मा ओलीले दोषीलाई कारबाही हुनुपर्ने बताउनु भएको छ ।

एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि एमाले अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । आज प्रधानमन्त्री प्रचण्डसँगको भेटघाट पछि बाहिरिने क्रममा एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘निर्दोष पर्न हुँदैन र दोषीलाई उम्काउनु हुँदैन ।‘

अध्यक्ष ओलीले बहालवाला सांसदलाई बाटोमै पक्राउ गर्नु रहस्यमय भएको टिप्पणी गर्नुभयो । साथै उहाँले निर्दोषलाई फसाउन खोजे आफूहरूले नसहने चेतावनीसमेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘चार वर्षअगाडि चेक काटेको छ । त्यो पनि उसैसँग रहेको कुरा छ । एउटा सांसद, उपप्रधानमन्त्री भइसकेको पार्टीको नेता षड्यन्त्रपूर्ण ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनु रहस्यपूर्ण छ । भागेर जाने कुरा होइन ।’

पक्राउ पुर्जीपछि आफूले पनि रायमाझीसँग फोन गरेर कुरा गरेको बताउँदै अध्यक्ष ओलीले त्यसबारे प्रधानमन्त्रीलाई पनि ध्यानाकर्षण गराएको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?