हलिउडमा हड्ताल

Read Time = 1 min

एजेन्सी । हलिउड लेखकहरू हड्तालमा उत्रिँदा फिल्म र टिभी कार्यक्रमको निर्माण ठप्प भएको छ । रात्रिकालीन टिभी कार्यक्रम बन्द भएका छन् भने फिल्मको छायांकनसमेत प्रभावित भएको छ । ११ हजारभन्दा बढी लेखकले मंगलबारदेखि आन्दोलन सुरु गरेका हुन् ।

सिएनएनका अनुसार आन्दोलनका कारण टेलिभिजनमा नयाँ सिरिजको निर्माण कार्य रोकिएको छ । ज्याला र रोजगारीको सुनिश्चितता माग गर्दै राइटर्स गिल्ड अफ अमेरिकाको आहृवानमा लस एञ्जलस र न्युयोर्कमा हड्ताल सुरु भएको हो ।

यो आन्दोलन डिज्नी, नेटफ्लिक्ससहितका ठूला स्टुडियोविरुद्ध लक्षित छ । यो हड्ताल सन् २००७ यताकै ठूलो भएको र तत्काल रोकिने सम्भावना नरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?