पोको एम ५ मा छुट

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । स्मार्टफोन ब्राण्ड पोकोले प्रयोगकर्ताका लागि पोको एम ५ खरिदमा छुट प्रदान गरेको छ । पोको एम ५ गेमिङ पारखीलाई लक्षित गरी बनाइएको स्मार्टफोन हो । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पण्डाले भन्नुभयो, ‘ग्राहकले सुपथ मूल्यमा उच्च गुणस्तरको स्मार्टफोन चाहेको कुरा हामीले राम्रोसँग बुझेका छौँ र हामी विश्वास गर्छौँ कि यो अफरले उहाँहरूलाई अझै किफायती मूल्यमा हाम्रो फ्ल्यागसिप मोडल प्रदान गर्नेछ ।’ पोको एम ५ मा ५० मेगापिक्सेलको प्राइमरी सेन्सर, दुई मेगापिक्सेलको म्याक्रो लेन्स र दुई मेगापिक्सेलको डेप्थ सेन्सरसाथ पछाडि ट्रिपल क्यामेरा सेटअपका साथै अगाडि पाँच मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।

दुई भेरियन्टमा उपलब्ध पोको एम ५ को वास्तविक मूूल्य क्रमशः २० हजार चार सय ९९ रहेकोमा १९ हजार नौ सय ९९ रुपैयाँ र २३ हजार नौ सय ९९ रुपैयाँमा २२ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ । छुट योजना सीमित अवधिका लागि रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?