धादिङमा विपत पूर्व तयारी र प्रतिकार्यका अभ्यास कार्यक्रम सम्पन्न

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 4 mins

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–४ अल्छिडाँडामा विपत पूर्व तयारी र प्रतिकार्यका लागि संयुक्त अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।

विपतबाट हुने क्षतिलाई न्यूनिकरण गर्ने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो । अभ्यास कार्यक्रममा बाढी पहिरोबाट आइपर्ने विपत्ति र बाढी पहिरोमा फसेका व्यक्तिहरुलाई उद्धार गरिएको थियो ।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस, जनप्रतिनिधि लगायत सरोकारवालाहरुको समन्वयमा थप विपत्ति हुनबाट जोगाइएको थियो ।

पहिरोमा पुरिएर घाइते भएकाहरुको प्राथमिक उपचार र थप उपचारका लागि सकभर चाँडै स्वास्थ्य संस्थामा पु¥याउनु पर्ने र आत्तिएर भन्दापनि सबैको सहकार्य भयो भने विपत्तिमा परेकाको उद्धार छिटो गरी थप विपत्ति रोक्न सकिने सञ्देश अभ्यास कार्यक्रम मार्फत दिइएको थियो ।

विपतमा उद्धार कसरी हुन्छ, भनेर दखाउन संयुक्त अभ्यास कार्यक्रमको आयोजना गरिएको नेपाली सेनाको शिवदल गण गजुरीका गणपति प्रमुख सेनानी अशोकराज बरालले बताउनुभयो । नेपालको अन्य जिल्लाहरु जस्तै धादिङ जिल्ला पनि विपतको जोखिम रहेको जिल्ला हो । ‘विपतपूर्व तयारी र प्रतिकार्यका लागि सम्पूर्ण सुरक्षा फौज र सरोकारवालासँग समन्वय गरेर गर्छौं । विपतको समयमा सबै मिलेर कसरी काम गर्न सकिन्छ भन्ने उदाहरणका लागि पहिरोले पुरिएको ठाउँको यो एउटा नमूना प्रदर्शन गरिएको हो ।

धादिङमा बाढी, पहिरो, आगलागी, भुकम्प, सवारी दुर्घटना लगायतका विपतहरुको जोखिम छ । त्यस्ता विपतबाट थप क्षति हुन नदिन र तत्कार उद्धारको उदाहरणका लागि संयुक्त अभ्यास कार्यक्रम गरिएको हो ।’ उद्धारका लागि आवश्यक पर्ने उपकरण हामीसँग छ कि छैन, घटना घटी हाल्यो भने उद्धारका लागि तयारीको मापन र उपकरण छ, भन्ने जानकारीका लागि नमूना प्रदर्शन गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बताउनुभयो । ठाउँ हेरेर विपत र क्षति फरक हुन सक्छन् । नमूना अभ्यासमा देखाएको विपत्ति र क्षतिको अवस्था फरक हुन सक्छ । तर पूर्व तयारी र प्रतिकार्य योजनाका बारेमा जानकारी र सन्देश दिन सके विपतबाट हुन सक्ने थप क्षतिलाई न्यूनिकरण गर्न सकिन्छ । शिवदल गण गजुरी व्यारेक धादिङको आयोजनामा जिल्ला प्रशासन कार्यालय, नीलकण्ठ नगरपालिका, जिल्ला प्रहरी कार्यालय, सशत्र प्रहरी बल नेपाल आश्रित गुल्म र रेडक्रस सोसाइटी धादिङ, धादिङ सोसिएल भोलेन्टियर, संयुक्त एम्वुलेन्स चालक लगायतको समन्वयमा संयुक्त अभ्यास कार्यक्रम गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?