थप १७ जनामा कोरोना संक्रमण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दुई सय ५७ जनाको नमुना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ५७ जना संक्रमण मुक्त भएका छन् । आज थपिएका सँगै कोरोनाका सक्रिय संक्रमितको संख्या एक सय ६२ रहेको छ । अहिले १२ जना कोरोना संक्रमितको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४३ हजार छ सय नौ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?