‘मिष्टर एण्ड मिस नेशनल नेपाल २०२३’ मा एक्काइस प्रतिस्पर्धी

Read Time = 3 mins

काठमाडौं । तेस्रो संस्करण आयोजनाको तयारीमा रहेको ‘मिष्टर एण्ड मिस नेशनल नेपाल’ मा आकर्षण बढिरहेको आयोजक संस्था सनुर्भी इन्टरनेशनल प्रालिले जानकारी दिएको छ । काठमाडौंमा प्रतियोगिताबारे जानकारी दिन आयोजित कार्यक्रममा काठमाडौंसँगै इटहरी, धनगढी र पोखरामा भएको अडिसनमार्फत् छनोट भएका एक सय ७० बाट छत्तीस र त्यसबाट छानिएका एक्काइसजना प्रतियोगीले प्रतिस्पर्धा गरिरहेको निर्देशक सन्तोष उपाध्यायले जानकारी दिनुभयो ।

उहाँले अन्तिम प्रतिस्पर्धा हुने प्रतियोगितामा विदेशमा बसोबास गरिरहेका, एनआरएन, सौन्दर्य प्रतियोगिता विजेतासमेत रहनुभएकी मिस जर्मनी समा पराजुली, मिस डायमण्ड सरोजी न्यौपाने, मिस सुदूरपश्चिम रोशनी चन्द, मिस पूर्वेली सुपर मोडल सुम्निमा खातुन, मिस टिन रनरअप सुष्मिता अधिकारी, मिस बागलुङ सकुना खत्री, हाउस अफ फ्यासन शिशिर वाग्ले, मिस्टर टिन रनरअप साइरस विश्वकर्माले समेत प्रतियोगीकै रूपमा प्रतिस्पर्धा गरिरहेको बताउनुभयो ।

प्रतियोगिताको निर्णायकमा ‘मिस्टर सुप्रानेशनल २०१८’ का विजेता प्रथ्मेश मौलिङ्ग्कार रहनुभएको छ । प्रशान्त ताम्राकारको कोरियोग्राफी रहने प्रतियोगितामा दुई पुरुष र दुई महिला गरेर चार विजेता छानिनेछन् । जसमध्ये पुरुष विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस्टर सुप्रन्यासनल र मिस्टर इन्टरनेशनलमा सहभागिता जनाउनेछन् भने महिला विजेताले मिस सुप्रन्यासनल र मिस ग्लोबलमा सहभागिताको अवसर प्राप्त गर्नेछन् ।

अर्थात् विजेताले अन्तर्राष्ट्रियरूपमा आयोजना हुने चार प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन् । गत वर्षको प्रतियोगितामा निर्णायकका रूपमा ‘मिस्टर सुप्रानेशनल २०२१’ भरो भार्गाेस, ‘मिस सुप्रानेशनल २०१९’ एन्टोनियो पोर्सिल्ड र मिस सुप्रानेशनलका आयोजकका क्रिएटिभ डाइरेक्टर आन्द्रे स्ले नेपाल आउनुभएको थियो । यसको अन्तिम प्रतिस्पर्धा जेठ १ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?