जनयुद्धमा धादिङ पुस्तक एक ऐतिहासिक दस्तावेज : मुख्यमन्त्री जमकट्टेल

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 3 mins

धादिङ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले जनयुद्धमा धादिङ पुस्तक एक ऐतिहासिक दस्तावेज बनेको र यो कृतिको महत्व छुट्टै रहेको बताउनु भएको छ ।

शनिबार एन एस. मिडिया धादिङले प्रकाशन गरेको ‘जनयुद्धमा धादिङ’ पुस्तकको विमोचन समारोहमा बोल्नु हुँदै मुख्यमन्त्री जमकट्टेलले सो कुरा बताउनु भएको हो । पुस्तकमा २०५२ सालदेखि, २०६२ सालसम्म चलेको जनयुद्धका क्रममा धादिङमा मारिएकाहरुको जीवनी, वेपत्ता, घाईते/अपाङ्ग, विस्थापितहरुको सूची, जनयुद्ध संस्मरण, ऐतिहासिक फोटोहरु पुस्तकमा समेटिएको छ ।

यसै गरी धादिङ क्षेत्र नं २ का संघीय सांसद रामनाथ अधिकारीले जनयुद्धको उपलब्धीलाई अझै संस्थागत गर्न बाँकी रहेको बताउनु भएको छ । जनयुद्धको क्रममा धादिङमा सबै दल, सेना प्रहरी र सामान्य नागरिक कतिले सहादत प्राप्त गरेका थिए एउटा महत्वपूर्ण कलेक्सनका रुपमा धादिङमा जनयुद्ध पुस्तक आएकोमा खुसी व्यक्त गर्नुभयो । यस्तै नीलकण्ठ नगरपालिका धादिङका मेयर भिमप्रसाद ढुङ्गानाले पुस्तकको भावना र मर्म पठनीय त छदैंछ यो पुस्तकले उठाएको मर्मलाई स्थानीय सरकारले स्थानीय शिक्षाको पठ्यक्रममा समेत राख्नु पर्ने बहस पैदा गरेको बताउनुभयो ।

अब प्रदेश सरकार र स्थानीय सरकार मिलेर धादिङमा जिल्लाका सबै सहिदहरुको स्मृतिमा जनयुद्ध स्मृतिपार्क बनाउन मुख्यमन्त्री शालिकराम जमकट्टेलको ध्यानाकर्षण समेत गराउनुभयो । जनयुद्ध ठिक थियो थिएन त्यो फरक विषय हो, सो अवधिमा धादिङमा को कति मारिएका थिए उनीहरुको जिवनी, घाईते अपाङ्ग र कति विस्थापित बने यी सूची समेटिएको पुस्तक प्रकाशित हुनु महत्वपूर्ण दस्तावेज रहेको कार्यक्रममा सहभागीहरुले बताएका थिए ।

पुस्तकबारे विमर्श मुलक मन्तव्य राख्दै डा. नविनबन्धु पहाडी र डा. हरिप्रसाद सिलवालले पुस्तक ऐतिहासिक दस्तावेजको रुपमा आएको सकारात्मक पाटो हुँदा हुँदै पनि द्वन्दको क्रमका सहिद परिवारको अवस्था, घाईते÷अपाङ्ता भएका व्यक्तिको अहिलेको अवस्था के कस्तो छ, त्यो विषय छुटेको औंल्याएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?