आफ्नो पार्टी वर्तमान सरकारकै निरन्तरताको पक्षमा छ : अध्यक्ष यादव

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 4 mins

भक्तपुर । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी वर्तमान सरकारकै निरन्तरताको पक्षमा रहेको बताउनु भएको छ ।

पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका उहाँले सरकार परिवर्तन गर्ने हल्ला चलाएर कसैको पनि हीत नहुने जिकिर समेत गर्नुभयो ।

रफ्त सञ्चार क्लवले शनिवार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सरकारले सुशासन, विकास र समृद्धिको मुख्य अभिभारालाई पूरा गर्दै लैजानुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । उहाँले कम्फरटेवल मेजरिटी भएकाले राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिए पनि सरकारलाई फरक नपर्ने तर्क गर्नुभयो । अध्यक्ष यादवले सरकार परिवर्तन गरिराख्ने कुरा गलत भएको समेत बताउनु भयो । राजनीतिक स्थिरताका साथ मुलुकलाई अघि बढाउन आफूहरुले वर्तमान सत्तारुढ गठबन्धन निर्माणमा योगदान गरेको उहाँको भनाई थियो ।

अध्यक्ष यादवले भन्नुभयो, ‘सुशासन र विकासको अभियान गतिका साथ अगाडि बढाउने । शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रहरुमा परिवर्तन गरी अगाडि बढाउने मुख्य अभिभारा सरकारको हो । त्यसका लागि सरकारको स्थिरता आवश्यक छ । दिनैपिच्छे सरकार परिवर्तन हुने हल्ला चलाएर कसैले हित हुँदैन । र, दिनैपिच्छे सरकार परिवर्तन गरिराख्नु पनि गलत हो । गल्ती कहाँ छ ? त्यहाँ सच्याएर अघि बढने बेला हो । र, त्यसका लागि यो गठबन्धनमा हाम्रो पार्टीको धारणा के हो भने अगाडि बढनु पर्छ । सरकार स्थिर भएर काम गर्नुपर्छ । र, जनतालाई डेलिभरी दिनुपर्छ । अब पहिलाको जस्तो भनेर मात्रै हुँदैन, गरेरै देखाउनु पर्छ । र, मुलुकलाई सम्भावित संकटबाट जोगाउने महत्वपूर्ण अभिभारा अहिलेको सरकारको रहेको छ । त्यसैले हाम्रो राय पनि सरकारको स्थिरता, राजनीतिक स्थिरता आवश्यक हो । र, यसलाई आवश्यक्ता ठानेर नै जनता समाजवादी पार्टीले यो गठबन्धन निर्माणमा सरकारको भनेको सक्दा सरकार राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिदैमा सरकारलाई संख्यात्मक हिसावले खासै फरक पर्दैन । अहिले पनि कम्फटेवल मेजरिटीको सरकार छ । ५ दलीय गठबन्धनको सरकार हो । र, गठबन्धनसँग पर्याप्त मत छ । संख्या छ ।’

अध्यक्ष यादवले मुलुकलाई संकटबाट जोगाउन वित्तीय नीतिमै परिवर्तन गरेर अघि बढ्न पनि सरकारलाई सुझाव दिनुभयो । थुप्रिएर रहेको पुँजी उत्पादनमुलक क्षेत्रमा परिचालन गरेर मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन सकिने उहाँको बुझाई थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?