७२ दिनमा ४२ काम गरेर बिदा भए लुम्बिनीका स्वास्थ्यमन्त्री बिष्णु पन्थी

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 10 mins

रुपन्देही । बिष्णु पन्थीले अढाई महिना लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाउनु भयो । यो अवधिमा उहाँले धेरै काम गर्नु भएको छ। उहाँको आलोचनामा भन्दा काममा बढी सक्रियताका साथ लागेको पाईएको छ।

कपिलबस्तुबाट निबाचित पन्थीे मन्त्रालय सम्मालेपछि कपिलवस्तु अस्पताल तौलिहवालाई ५० शैयाबाट १०० शैयामा स्तरउन्नती लुम्बिनी प्रदेशस्तरीय सरुवा रोग अस्पताल शिवराज नगरपालिका ०५ चन्द्रौटामा शिलान्यास गर्नु भएको थियो।

त्यस्तै उहाँले लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवललाई १५ शैय्यामा स्तरउन्नती लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा क्रमश १९३ र ४३ जना अस्थाई दरबन्दी स्वीकृत कोरोना भाईरस (कोभिड १९) बाट मृत्यु भएका परिवारलाई ६ करोड ३६ लाख राहत रकम निकासा गर्नु भएको थियो।
मन्त्री पन्थीले लुम्बिनी प्रदेशका अस्पतालमा रिक्त रहेको नवौँ तहका विशेषज्ञ चिकित्सकहरुको अस्थायी पदपूर्ति गर्ने व्यवस्था ,कपिलवस्तु अस्पताल तौलिहवा, राप्ति प्रादेशिक अस्पताल तुलसीपुर, बर्दिया अस्पतालमा डायलासिस सेवा संचालन गर्न आवश्यक जनशक्ति र मेडिकल सामग्री व्यबस्थापन निशुल्क रक्त संचार सेवा सामुदायिक र सहकारी अस्पतालबाट सेवा उपलब्ध जिल्ला र प्रादेशिक अस्पतालहरुमा विशेषज्ञ चिकित्सकहरुको अस्थायी पदपूर्ति गर्ने व्यवस्था लगाएका महत्वपूर्ण काम गर्नु भएको छ।

पन्थीले यि वाहेका अन्य पनि काम गरेर लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रमा केहि सुधारको अबस्था श्रृजना गर्न खोजेको देखिन्छ । उहाँले पुर्व मुख्यमन्त्री कुल प्रसाद केसीको पालमा अस्पताल विकास समितिका अध्यक्षलाई अवधि नपुगी हटाउनु भएकोछ। जसबाट उहाँ केही आलोचित हुनुभएको थियो ।

समग्रमा पन्थीले आलोचना कम र काम बढी गर्नेमा रहनु भएको छ। आर्थिक क्षेत्रमा जानकार रहनु भएको पन्थी प्रविधिमा पनि उसैगरी अपडेट रहने एमाले नेताहरुको सूचीमा पर्नुहुन्छ।

पार्टी संस्थापन लाइनमा नबस्ने स्वभावका कारण उनी पटक–पटक आउने अवसर र जिम्मेवारीमा समेटिदैनन् । प्रदेश सभाको पहिलो कार्यकालमै मन्त्रीको चर्चा भएपनि पन्थीले फरक गुटको फेरो समातेकै कारण नपाएको उहाँ निकट नेताहरुको भनाइ छ । तत्कालीन नेकपाको बहुमत रहँदा होस् वा पार्टीका अन्य जिम्मेवारीमा उहा अक्सर छुट्ने गर्नु भएको थियो।

एमालेको लेखा आयोगका उपाध्यक्ष रहनु भएका पन्थी । प्रदेश सभाको दोस्रो कार्यकालमा छोटो समय मन्त्री बनेर केही नमुना काम गरेको वताईएको छ। ७२ दिनको जिम्मेवारी पूरा गर्दै मन्त्री पन्थीले स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण नीतिगत निर्णय र कार्यान्वयनमा जोड दिएको पाईएको छ यो अवधिमा स्वास्थ्य मन्त्रीले गरेको मेहनतलाई मन्त्रालयका कर्मचारीहरुले प्रशंसा गरेका छन् ।

स्वास्थ्य सचिब डा बिनोद गिरीले भन्नु भयो मन्त्री आएपछि रोकिएका धेरै महत्पुर्ण काम छोटो समयमा भएका छन। स्वास्थ्यमा रोकीएका काम भएपछि सबैले काम गरेको देखीने भएको उहाले बताउनु भयो। निर्बतमान हुनु भएका स्वास्थ्यमन्त्री पन्थीले भन्नु भयो रोकिएका काम थिए किन ढिला गर्ने स्वास्थ्य जस्तो संबेदनशिल क्षेत्रमा भनेर आबश्यकता अनुसारका काम अघि बढाएका हौ उहाँले भन्नु भयो।

यस्ता छन् मुख्य उपलब्धी

–कपिलवस्तु अस्पताल तौलिहवालाई ५० शैयाबाट १०० शैयामा स्तरउन्नति
–प्रदेशस्तरीय सरुवा रोग अस्पताल शिवराज नगरपालिका ०५ चन्द्रौटामा सिलन्यास
–लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवललाई १५ शैय्यामा स्तरउन्नति
–लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा क्रमशः १९३ र ४३ जना अस्थाई दरबन्दी स्वीकृत
–कोभिड १९ बाट मृत्यु भएका परिवारलाई ६ करोड ३६ लाख राहत रकम निकासा
–नवौँ तहका विशेषज्ञ चिकित्सकहरुको अस्थायी पदपूर्ति गर्ने व्यवस्था
–कपिलवस्तु अस्पताल तौलिहवा, राप्ति प्रादेशिक अस्पताल तुलसीपुर, बर्दिया अस्पतालमा डायलासिस सेवा संचालन गर्न आवश्यक जनशक्ति र मेडिकल सामग्री व्यबस्थापन

–निःशुल्क रक्त संचार सेवा सामुदायिक र सहकारी अस्पतालबाट सेवा उपलब्ध
–जिल्ला र प्रादेशिक अस्पतालहरुमा विशेषज्ञ चिकित्सकहरुको अस्थायी पदपूर्ति गर्ने व्यवस्था
–लुम्बिनी प्रादेशिक अस्पतालमा क्याथ ल्याब सेवा संचालन ।
–मुटुको भल्भ प्रतिस्थापन, मिर्गौला प्रत्यारोपण र क्यान्सर उपचारमा सहुलियतका लागि स्थापनादेखि हालसम्म ८ सय ६० जना २ लाखका दरले आर्थिक सहयोग सिफारिस ।

–राप्ती प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा विस्तारका लागि १० जना विशेषज्ञ डाक्टर र एक जना नर्सिङ प्रशासक व्यवस्थापन ।
–राप्ती प्रादेशिक अस्पतालमा NICu\ / PICu (नवजात शिशु) सेवा विस्तारका लागि जनशक्ति र उपकरण व्यवस्थापन ।
–राप्ती प्रादेशिक अस्पतालमा नाक, कान, घाँटीमा तथा मानसिक बिरामीको उपचार सेवा विस्तारका लागि बजेट तथा जनशक्ति व्यवस्थापन ।
–भिम अस्पतालमा सिटी स्क्यान र ब्लड वैंक सेवा संचालन ।

–प्रादेशिक अस्पताल, जिल्ला अस्पताल र पालिकाका अस्पतालहरुलाई २५ थान अल्ट्रासाउण्ड मेसिनसहित अक्सिजन कनसन्ट्रटर, अक्सिजन सिलिन्डर, एक्सरे फिल्म भ्यु, भेन्टिलेटर, ओटी लाइट, , आइसियु बेड, इसिजी महत्वपूर्ण मेडिकल सामाग्री हस्तान्तरण ।
–स्वास्थ्य ऐन पहिलो संशोधन प्रदेश सभामा पेश तथा सरोकार पक्षसँग छलफल ।

–प्रादेशिक अस्पतालसहित जिल्लाका अस्पताल विकास समितिमा रिक्त रहेका अध्यक्ष तथा सदस्यहरु एवम् मेसुको नियुक्ति ।
–सुत्केरीको लागि पोषण खाद्य आहार वितरण सम्बन्धी कार्यविधि २०७९ दोश्रो संशोधन स्वीकृति ।
–लागत साझेदारीमा कार्यक्रम तथा परियोजना कार्यान्वयनका लागि छनौट गरी ५ करोडभन्दा बढी बराबरको सम्झौताको काम अघि बढाइएको ।

–(लमही आँखा अस्पताल लमही दाङ, राप्तीआँखा अस्पताल तुल्सीपुर दाङ, छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल कपिलवस्तु, अपाङ्गबाल अस्पताल तथा पुनस्थापना केन्द्र नेपालगंज बाँके, श्रीरिमुवा स्वास्थ्य चौकी बलेटक्सार, गुल्मी) ।
–अस्पताल सुदृढीकरण कार्यक्रममार्फत विभिन्न १६ वटा स्वास्थ्य सस्थामा रकम निकासा ।
–प्रदेशलाइ पूर्ण संस्थागत प्रसुती सेवायुक्त प्रदेश घोषणाको लागि कार्यविधि निर्माण
–बढ्दो प्रतिजैविक प्रतिरोध सम्बन्धी जनस्वास्थ्य समस्यालाई समयमै रोकथाम एवं निवारणका लागि कपिलबस्तु जिल्लाबाट परियोजनाको सुरुवात ।

–विभिन्न जिल्लाहरुमा एकिकृत स्वास्थ्य शिविर संचालन ।
–प्रदेश जनस्वास्थ्य प्रयोगशाला संचालन ।

–थारु समुदायमा सिकलसेल तथा थालेसेमिया परीक्षण तथा उपचारका लागि ८ वटा सरकारी अस्पतालबाट सिकलसेल र थालेसेमिया रोगको निदान, परामर्श र उपचार सुरु लगाएका काम आफनो कार्यकालमा अघि बढाएको बताउनु भयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?