नेप्लिज तेक्वान्दो एकेडेमी च्याम्पियन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए) ले प्रथम चक्रबहादुर ठकुरी स्मृति जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ ।

आठ स्वर्ण, सात रजत र एक कांस्य जित्दै एनटिए समग्रमा एनटिए टिम च्याम्पियन बन्यो । श्री सुन्दरी माई तेक्वान्दो डोजाङ, नेपालद्वारा आयोजित प्रतियोगितामा तीन स्वर्ण, चार रजत र चार कांस्यसाथ चन्द्रागिरि दोस्रो भयो । तेस्रो स्थानमा चित्त बुझाएको एम्बासडरले समान तीन/तीन स्वर्ण, रजत र कांस्य हात पा¥यो ।

गोकर्णेश्वर नगरपालिकाको प्रायोजन तथा गोकर्णेश्वर नगर खेलकुद विकास समिति र गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजनमा भएको प्रतियोगिताको पुरुषमा एनटिएका भिजन तामाङ तथा महिलामा कोटेश्वरकी इशिका राणा उत्कृष्ट खेलाडी घोषित हुनुभयो । भिजनले एकल पुम्से र ३२ केजीमुनि तथा इशिकाले ५० केजीमुनि स्वर्ण जित्नुभयो । दुवैले जनही पाँच हजार नगद पुरस्कार हात पार्नुभयो ।

विजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल, तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक राजु क्षेत्री, गोकर्णेश्वर नगर खेलकुद विकास समितिका अध्यक्ष सञ्जय लामा, तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ, आयोजक डोजाङका प्रमुख एवं प्रतियोगिता संयोजक सुवासचन्द्र गौतमलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।

गोकर्णेश्वर नगरपालिका वडा नं. १ को सुन्दरीजलस्थित ओख्रेनी माविमा भएको दुईदिने प्रतियोगिताको गेरोगीमा २१ तथा पुम्से (एकल) मा दुई गरी जम्मा २३ स्पर्धामा ३ सय १२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

समापनका अवसरमा प्रतियोगिता आयोजक श्री सुन्दरी माई तेक्वान्दो डोजाङ, कान्तिपुर दैनिकका खेल पत्रकार ध्रुवकुमार तुलाधर र तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्कालाई सम्मान गरिएको छ । तुलाधरलाई चक्रबहादुर स्मृति खेलकुद पत्रकार तथा अशोकलाई चक्रबहादुर स्मृति खेलकुद पुरस्कारबाट सम्मानित गरिएको हो । दुवैलाई आ–आफ्नो क्षेत्रमा गरेको कार्यको मूल्यांकन गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?