रोहिणी–२ मा स्वास्थ्य चौकी भवन शिलान्यास

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 6 mins

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर २ मा स्वास्थ्य चौकी भवन बन्ने भएको छ । रोहिणी–२ स्थित खरबिन्द टोलमा निर्माण हुने स्वास्थ्य चौकी भवनको आइतबार रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले शिलान्यास गर्नुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले स्वास्थ्य चौकी भवन निर्माणका लागि रु. १ करोडको संघीय बजेट रहेको र त्यसमा पालिकाले अलिकति योगदानमा गरौं भनेर रु. १ करोड २५ लाखको ईस्टिमेट तयार गरिएको बताउनु भयो । उहाँले भन्नुभयाे, ‘रु. ८५ लाखमा ठेक्का सम्झौता भएको छि । असार मसान्तसम्म रु. ८५ लाखको काम हुनेछ । डीपीआर तयार गरेका छौं । झण्डै ३ करोडको छ । आगामी वर्षमा थप रकम विनियोजन गरेर भवनको माथिल्लो तल्लाको काम हुनेछ ।’

भवन शिलान्यास पश्चात बोल्दै गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले रोहिणी–२ र समग्र रोहिणीको विकासका लागि अघि बढेको बताउनु भयो । उहाँले वडा नम्बर २ का वडाबासीलाई नजिकबाटै सुविधासम्पन्न भवनबाट स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्वास्थ्य चौकी भवन निर्माण हुने बताउनु भयो । अध्यक्ष यादवले रोहिणी गाउँपालिकालाई नमूना गाउँपालिका बनाउने अभियानका साथ अगाडि बढेको बताउनु भयो । ‘१५ शैयाको अस्पताल बनाउने लक्ष्य छ । त्यसका साथै विभिन्न स्थानमा हाईमास्ट लाईट जडान गरिएको छ । उहाले भने, ‘७ वटै वडामा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा सम्पूर्ण धर्म संस्कृतिको संरक्षण गर्दै अघि बढेका छौं । ’

रोहिणी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले ४ कठ्ठा जग्गामा स्वास्थ्य चौकी भवन निर्माण हुने जानकारी दिनुभयो । उहाले गाउँपालिकामा विकास निर्माण कार्य तीव्रताका साथ अघि बढेको वताउनु भयो। उहाले भन्नुभयोे, ‘गाउँपालिकामा विकास निर्माण कार्य अघि बढेको छ ।’ उहाँले गाउँपालिका भवनको टेण्डर प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।
रोहिणी–२ का वडाअध्यक्ष करम हुसेन खानले वडा नम्बर २ मा स्वास्थ्यसँगै शिक्षा तथा भौतिक पूर्वाधार निर्माण कार्य अघि बढेको बताउनु भयो । उहाँले स्वास्थ्य चौकी भवन सकेसम्म २ वर्षमा निर्माण कार्यसम्पन्न हुने बताउनु भयो । उहाँले भन्नुभयोे, ‘यो बहुवर्षिय योजना हो । नागरिकलाई स्वास्थ्य परीक्षणमा सहजता प्रदान होस् भन्ने उद्देश्यले स्वास्थ्य चौकी भवन निर्माण कार्य अघि बढेको हो ।’

रोहिणी–२ की वडा सदस्य प्रभावति नाउले गाउँपालिका अध्यक्ष र वडाअध्यक्षको सहकार्यमा राम्रो काम भइरहेको बताउनु भयो। उहाँले भन्नुभयो ‘विगत पाँच वर्षमा नभएको काम अहिले भइरहेको छ । ’

गाउँपालिकाका योजना शाखाका सव–इञ्जिनियर राजकुमार मिश्राले गाउँपालिकाले भौतिक पूर्वाधार निर्माण र सामाजिक विकासमा ध्यान दिएको बताउनु भयो । उहाँले स्वास्थ्य सेवामा नागरिकलाई पहुँच पुर्याउने उद्देश्यले ‘स्वास्थ्य नै धन हो’ भन्ने नाराकासाथ स्वास्थ्य चौकी भवन निर्माण कार्य अघि बढेको बताउनु भयो । उहाँले भन्नुभयो ‘गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादव र वडाअध्यक्ष करम हुसेन खानको नेतृत्व तथा अगुवाइमा विभिन्न विकास निर्माण कार्य अघि बढेका छन् ।’

स्थानीय कान्छा कोहारले गाउँपालिकाले १ वर्षको अवधिमा विभिन्न कार्य गरेको बताउनु भयो।उहाले ठाउँठाउँमा सडक बत्ती जडान, सडकलगायत विभिन्न क्षेत्रमा काम भएको बताउनु भयो । उहाले रोहिणीलाई नमूना गाउँपालिका बनाउन र समग्र गाउँपालिकाको विकासका लागि हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

स्थानीय शेषमणि यादवले जनप्रतिनिधिले जनतामाझ गरेको वाचा क्रमशः पूरा गर्दै गएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘जनप्रतिनिधिले गरेका कामको जनताले मूल्यांकन गर्नेछन् । ’

स्थानीय मकसुद खानले जनप्रतिनिधि निरन्तर जनतामा सेवा खटिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘विगतमा नभएका काम अहिले भएको छ । यसका लागि रोहिणी गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादव र वडा नम्बर २ का वडाअध्यक्ष करम हुसेन खानलाई धन्यवाद दिन चाहन्छु ।’

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?