शरणार्थी प्रकरण सिआईबीलाई अनुसन्धान गर्न दिऊः महासचिव पोखरेल

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भुटानी शरणार्थी प्रकरणको जिम्मा सिबिआईलाई लगाउनु पर्ने बताउनुभएको छ ।

नक्कली शरणार्थी प्रकरणसंग जोडिएर नयाँ नयाँ अडियो दिनदिनै आउन थालेको जनाउँदै महासचिव पोखरेलले अनुसन्धान प्रभावकारी बनाउन जोड दिनुभएको हो ।

‘नक्कली शरणार्थी प्रकरणसंग जोडिएर नयाँ नयाँ अडियो दिनदिनै आउन थालेका छन् तर अनुसन्धानको गति धिमा र विवादास्पद बन्दैछ,’  पोखरेलले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘प्रभावकारी अनुसन्धानका लागि सिविआईलाई जिम्मा लगाउने हो कि ? किनकी दोषि कोही नछुटुन् र निर्दोष कोही नपरुन् भन्नका लागि अनुसन्धान प्रभावकारी हुनु आवश्यक हुन्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?