विन्दाबासिनी कंसाकारलाई प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र प्रदान

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की विन्दाबासिनी कंसाकार प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र दिएको छ ।

रास्वपाको कारबाहीमा ढाकाकुमार श्रेष्ठको सांसद पद गुमेपछि समानुपातिक निर्वाचन प्रणालीको उम्मेदवारको सूचीमा रहनुभएकी कंसाकारलाई आयोगले प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र दिएको हो ।

पार्टीको सिफारिसमा आयोगले उहाँलाई सदस्यको प्रमाणपत्र दिएको हो ।

तर, ढाकाकुमारको सांसदसमेत पदबाट हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सोमबार सर्वोच्च अदाललतले अल्पकालीन आदेश दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?