रुसद्वारा युक्रेन माथी सबैभन्दा ठूलो कामिकाजे ड्रोन आक्रमण

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

किभ । रुसले ड्रोन र मिसाइल आक्रमणको नयाँ लहर सुरु गरेपछि युक्रेनभर हवाई आक्रमणको साइरन बज्न थालेको छ ।

राजधानी किभमा रातभर विस्फोटको आवाज सुनियो, जहाँको मेयरले भने कि ‘सबैभन्दा ठूलो’ कामिकाजे ड्रोन आक्रमणमा परी पाँच जना युक्रेनीहरु घाइते भएका छन् ।

दक्षिणी ओडेसा क्षेत्रमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ । युक्रेनको रेड क्रसले आफ्नो गोदाममा आक्रमण भएको जनाएको छ ।

यो किभमा आठ दिनमा भएको चौथो आक्रमण हो  ।

रसियाले विजय दिवस मनाउनु २४ घण्टा अगाडी यो आक्रामण भएको हो । बिजय उत्सवको वार्षिक बिदामा रुसले दोस्रो विश्वयुद्धको समयमा नाजी जर्मनीमाथि सोभियत संघको विजयको स्मरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?