डढेलो गाउँ पस्दा दुई घर, तीन गोठ जलेर नष्ट, २१ लाखको क्षति

फाईल तस्बिर

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 2 mins

खोटाङ । खोटाङको बराहापोखरी गाउँपालिका–१ बराहापोखरीको डाँडाखर्क सामुदायिक वनमा लागेको डढेलो गाउँ पसेर दुई घर र तीन गोठ जल्दा अन्दाजी २१ लाख ६६ हजार बराबरको क्षति भएको छ ।

वनमा लागेको डढेलो बराहापोखरीको डुम्रेवोटे गाउँमा पस्दा सोही ठाउँका मान बहादुर राउतको ढुंगामाटोले बनेको दुई तले दुईवटा घर र बाँसको टाँटीले बनेको एकतले एकवटा बाख्राको गोठ जल्दा अन्दाजी १३ लाख ६६ हजारको क्षति भएको प्रहरीले जनाएको छ ।

यस्तै, सोही ठाउँका भिमबहादुर दाहालको एकवटा दुईतले गोठसहित काठपात जल्दा अन्दाजी ३ लाख र तिलकबहादुर बस्नेतको एकवटा गोठसहित काठपात जल्दा अन्दाजी ५ लाख बराबरको क्षति भएको छ । मानवीयत तथा चौपायाँमा क्षति पुगेको छैन ।

हिजो(मंगलबार) बिहान बराहापोखरीकै नापेटारको जंगलबाट सुरु भएको डढेलो माथि सर्दै डाँडाखर्क सामुदायिक वनमा आईपुगेर घर जल्न थालेपछि अपरान्ह ४ बजे वडा कार्यालय र प्रहरीलाई स्थानीयले खबर गरेका थिए ।

खबर लगत्तै प्रहरी चौकी बराहापोखरी, इलाका प्रहरी कार्यालय चिसापानी र सशस्त्र प्रहरी बल सुरक्षा बेस चिसापानीबाट खटेको टोलीले राती राती ११ बजे डढेलो नियन्त्रणमा लिएको बराहापोखरीका वडाध्यक्ष ढक बहादुर कार्कीले बताउनुभयो ।

यसैगरी, रावाबेशी गाउँपालिका–३ लामिडाँडाको खोटे सल्लेरी सामुदायिक वनमा मंगलबारदेखि डढेलो लागिरहेको छ । बुईपाको राम्चे वनमा पनि डढेलो लागिरहेको स्थानीयले बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?