चैतसम्मको व्यापार घाटा १७.१ प्रतिशतले घट्यो

Read Time = 1 min

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको चैत महिनासम्म व्यापार घाटा १७.१ प्रतिशतले कमी आएको जनाएको छ ।  बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को नौ महिनामा कुल वस्तु व्यापार घाटा १७.१ प्रतिशतले कमी आएर १० खर्ब ८३ अर्ब २३ करोड रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २८.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात ९.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.९ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १०१ अर्ब ६७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १६७ अर्ब ५३ करोड रुपैयाँ बराबरको भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?