चौंध लाख भन्दा बढि मुल्यको अवैध काठ बरामद

फाईल तस्बिर

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 1 min

बर्दिया । बेवारिसे अवस्थामा रहेको १४ लाख रुपैया भन्दा वढिको काठ बरामदभएको छ ।

जिल्लाको मधुवन नगरपालिका-३ भग्रैया स्थित धर्मबहादुर खत्रीको खाली घर र निजको मकै वारी तथा विपतपुरस्थित बालकुमारी समिल तथा फर्निचर उद्योगबाट समेत गरी साल जातको २८३.६१ क्युफिट , तथा खयर सिसौका काठका गोलीयाकरिब १४ लाख ६५ हजार ५ सय ५० रुपैया बरावरको अवैध काठ बरामद गरिएको जिल्ला वन कार्यालय बर्दियाका सूचना अधिकारी द्रोण शर्माले बताउनु भयो ।

कलबहादुर गुरुङ्गले ठेक्कामा लिई संचालन गरिरहेको बालकुमारी समिल तथा फर्निचर बाट र अन्य बाट नियन्त्रणमा लिइएको अबैध काठ बरामद गरी आवश्यक कारवाहि तथा अनुसन्धानका लागि सव डिभिजन बन कार्यालयमा बुझाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?