युएनसिसिडी कपको सम्मलेनमा १९७ राष्ट्रका प्रतिनिधिहरूलाई सद्‌गुरुद्वारा सम्बोधन

Read Time = 2 mins

माटो जोगाउनको लागि ३०,००० किलोमिटरको १०० दिवसीय एकल मोटरसाइकल यात्रामा रहेका जग्गी वासुदेव सद्‌गुरुले युएनसिसिडी कप १५ सम्मेलनमा सम्बोधन गरेका छन्। १९७ राष्ट्रका प्रतिनिधिहरूलाई उनले आइभोरिकोस्टमा सम्बोधन गर्नुभएको हो ।

कृषियोग्य माटोमा कम्तीमा पनि ३-६५% जैविक पदार्थ सुनिश्चित गर्ने अनि यसको लागि त्रिस्तरीय रणनीतिहरू अपनाउनुपर्ने  उहाँले बताउनुभयो । कृषियोग्य भूमि खराब भइरहेको स्थितिलाई उल्टाउनको लागि सरकारहरूद्वारा राष्ट्रिय नीति निर्माणमा गरिने प्रयासलाई थप सशक्त बनाउनुपर्ने उहाँले बताउनुभयो ।

फरक−फरक अवस्थामा रहेको माटोमा, विभिन्न कृषि−जलवायु क्षेत्रहरूमा, विभिन्न प्रकारका सांस्कृतिक र आर्थिक प्रचलनहरूको सन्दर्भमा भूमिको क्षय वा विनाशलाई कसरी सम्हाल्ने भन्नेबारे थुप्रै वैज्ञानिक मतभेदहरू रहेको उहाँले बताउनुभयो ।

‘सबैभन्दा महत्त्वपूर्ण पक्षलाई प्रस्तुत गर्न सकिन्छ- कृषियोग्य माटोमा कम्तीमा पनि ३-६५% जैविक पदार्थ सुनिश्चित गर्ने। यसले गर्दा विश्वभरिका कृषियोग्य भूमिहरूमा हाम्रो माटो निकै लामो समयसम्म जीवन्त, ऊर्वर र समृद्ध रहिरहन्छ,‘ सम्बोधनको क्रममा उहाँले बताउनुभयो ।

किसानहरूलाई हरितगृह उत्सर्जन कम गर्नको लागि केही निश्चित सहुलियतहरू दिनुपर्ने उनको धारणा छ। उपयुक्त सरकारी नीतिहरू बनाउने हो भने माटोको विनाशको संकटपूर्ण घडीलाई उल्टाउन सकिने उहाँको धारणा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *