सूर्या लाइफ र ज्योति लाइफ गाभिने

Read Time = 1 min

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी मर्जरमा जाने भएका छन् । आइतबार दुवै कम्पनीबीच मर्जर सम्झौता भएको छ । हाल सूर्या लाइफको चुक्ता पुँजी दुई अर्ब ४२ करोड र ज्योति लाइफको दुई अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।

सूर्या लाइफका प्रमुख कार्यकारी अधिकृत पवन खड्काले हाल दुई कम्पनीबीच मर्जरको प्रारम्भिक सम्झौता भएको बताउनुभयो । मर्जर सम्बन्धमा सैद्धान्तिक सहमतिका लागि सम्झौतापत्रसहित बिमा समितिमा निवेदन दिने र बिमा समितिबाट सहमतिपत्र प्राप्त हुनासाथ डिडिएलगायत मर्जरसम्बन्धी अन्य कार्य अघि बढाइने उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?