बिमितलाई थप सुविधा दिन निर्देशन

Read Time = 2 mins

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमालेखलाई समयानुकूल परिमार्जन गर्दै बिमितलाई थप सुविधा दिन बीमा कम्पनीलाई निर्देशन दिनुभएको छ । प्राधिकरणको ५५औँ वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौंमा आयोजित प्रभातफेरीपछिको सभालाई सम्बोधन गर्दै उहाँले प्राधिकरण र बीमा कम्पनीको एउटै उद्देश्य भनेको आमजनतालाई बीमाको महत्वबारेमा जानकारी गराई बीमा सेवा पुर्‍याउनु भएकाले उक्त कार्यका लागि सम्बद्ध सबैले सहकार्य गरी अघि बढ्नुपर्ने बताउनुभयो । काठमाडौंको भद्रकालीबाट सुरू भएको प्रभातफेरी सुन्धारा, एनएसी, रत्नपार्क हुँदै भृकृटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो ।

प्रभातफेरी कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक सुशीलदेव सुवेदी, निर्देशक पुजन ढुंगेल (अधिकारी), निर्देशक दिनेशकुमार लाल र कर्मचारी, बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, जीवन बीमक संघ, नेपाल बीमक संघ, बीमा सर्भेयर संघ र पेशागत बीमा अभिकर्ता संघको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?