उद्योग संगठन मोरङमा नयाँ नेतृत्व

Read Time = 1 min

विराटनगर । उद्योग संगठन मोरङको अध्यक्षमा राकेश सुराना निर्विरोध चयन हुनुभएको छ । शनिबार सम्पन्न ५०औँ साधारणसभाले सुरानाको अध्यक्षतामा २६औँ कार्यसमिति चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा नन्दकिशोर राठी, वित्तीय उपसभापतिमा राजकुमार गोल्छा, कृषि, ऊर्जा र जलस्रोत उपसभापतिमा भोलेश्वर दुलाल र रोजगार उपाध्यक्ष र कोषाध्यक्ष पनि निर्विरोध भएका छन् ।

सदस्यमा पारस लुनिया, इन्द्र खत्री, सौरभ सारडा, सुरेन्द्र गोल्छा, सुजन प्याकुरेल, दीपककुमार अग्रवाल र वीरेन्द्र राठी रहेका छन् । थप तीनजना सदस्य अध्यक्षले मनोनीत गर्ने व्यवस्था छ । २०२४ सालमा स्थापना भएको संगठनको संस्थापक अध्यक्ष जुद्धबहादुर श्रेष्ठ हुनुहुन्छ भने संगठनमा सुनसरी, मोरङ औद्योगिक क्षेत्रका दुई सय ३५ जना आबद्ध छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?