मोदी इनर्जीको सेयर बाँडफाँट

Read Time = 1 min

काठमाडौं । सनराइज क्यापिटलको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा निष्कासित मोदी इनर्जी लिमिटेडको प्रतिसेयर सय रुपैयाँ अंकित दरका ५५ लाख ५९ हजार चार सय २० कित्ता सेयर बाँडफाँट गरेको छ ।

सर्वसाधारणका लागि वैशाख १९ गतेदेखि २४ गतेसम्म निष्कासन तथा बिक्री खुला गर्दा कर्मचारीको बाँकी रहेको ५२ हजार आठ सय ४० कित्तासहित जम्मा ५६ लाख १२ हजार दुई सय २६० कित्ता सेयरका लागि रीतपूर्वक आवेदन दिने १२ लाख २९ हजार सात सय ४१ जना आवेदकलाई एउटै समूहमा राखी पाँच लाख ६१ हजार दुई सय २६ जनालाई १० कित्ताका दरले ५६ लाख १२ हजार दुई सय ६० कित्ता सेयर आइतबार बाँडफाँट कार्य सम्पन्न भएको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?