मलाई दस बर्ष जेल हाल्न खोजिएको छः इमरान खान

हिमालय टाइम्स
Read Time = 2 mins

इस्लामबाद । पाकिस्तानमा राजनीतिक उथलपुथल जारी छ । पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरुले धेरै सहरमा विरोध प्रदर्शन गरिरहेका छन् ।

यसैबीच, इमरान खानले सोमबार दाबी गरेका छन कि देशको शक्तिशाली सैन्य प्रतिष्ठानले उनलाई देशद्रोहको आरोपमा आगामी १० वर्षसम्म जेलमा राख्ने योजना बनाएको छ ।

पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई) प्रमुखले सोमबार बिहान ट्वीटहरूको श्रृंखलामा भने, ‘म जेलमा हुँदा उनीहरूले हिंसाको बहानामा न्यायाधीश, निर्णायक र जल्लादको भूमिका निभाएका थिए । अब बुशरा बेगम (खानकी पत्नी) लाई जेलमा हाल्ने र देशद्रोहको कानुन प्रयोग गरेर मलाई आगामी १० वर्ष जेलमा राखेर अपमान गर्ने योजना हो।’

इमरान खानको लाहोरस्थित निवासमा पीटीआई नेताहरूको बैठकपछि यो ट्वीट आएको हो । ७० वर्षीय नेता सयभन्दा बढी मुद्दामा धरौटीमा छुटेका छन् । ‘मानिसहरूले प्रतिक्रिया नदेओस् भनेर सुनिश्चित गर्न, तिनीहरूले दुईवटा काम गरेका छन्  पहिलो, जानाजानी पीटीआई कार्यकर्ताहरूलाई मात्र होइन, आम नागरिकहरूलाई पनि आतंकित पार्ने र  दोस्रो, मिडियालाई पूर्ण रूपमा नियन्त्रित गरेर र दमन गरिएको छ’ उनले भने ।

इमरान खानले यी ‘अपराधी’ हरूले जसरी  ‘चादर र चार दिवारी’को पवित्रता हनन गरिरहेका जनाउँदै उनले त्यो आजसम्म कहिल्यै नभएको पनि बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?