‘दहाड’मार्फत डिजिटल डेब्यू गर्दै सोनाक्षी

Read Time = 1 min

मुम्बई । सिरिज ‘दहाड’मार्फत डिजिटल डेब्यू गर्दै हुनुहुन्छ सोनाक्षी सिन्हा । रिमा कागतीको निर्देशनमा बनेको वेब सिरिज ‘दहाड’ ओटीटी प्लेटफर्म प्राइम भिडियोमा रिलिज हुँदैछ । सोनाक्षी स्टारर सिरिज एक्सेल इन्टरटेनमेन्ट र टाइगर बेबी प्रोडक्सनको व्यानरमा बनेको हो । यो आठ भागको क्राइम ड्रामा हो ।

सिरिजमा सोनाक्षीका अलावा सोहम शाह, गुलशन देवैया र विजय बर्माको पनि अभिनय छ । सिरिजमा सोनाक्षी सब-इन्स्पेक्टर अञ्जलि भाटीको भूमिकामा हुनुहुन्छ । ‘दबंग’बाट सुरु गरेको १३ वर्षपछि मैले एक प्रहरी-पत्नीको भूमिका निभाएकी छु । यो सिरिजले मलाई प्रहरीको भूमिका दियो । मलाई लाग्छ, म यो भूमिका निभाउनकै लागि जन्मिएको थिएँ । यो मेरा लागि एउटा सुखद् अनुभव थियो,’ सोनाक्षीले भन्नुभएको छ । सिरिजले घर र कामलाई सन्तुलन गर्ने महिलाको कथालाई देखाउने सोनाक्षीको दाबी छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?