पाठकमाझ लेखनाथको उपन्यास ‘वनिता’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । स्रष्टा लेखनाथ पोखरेलको उपन्यास कृति ‘वनिता’ पाठकमाझ आएको छ । यसअघि नियात्रासंग्रह ‘फकलीकोे गाउँ’, कथासंग्रह ‘मार्बल हाउसकी शालिनी’ र हास्यनिबन्ध ‘चिबे-नकटो’ जस्ता कृति सार्वजनिक गर्नुभएका स्रष्टा पोखरेलको पछिल्लो कृति उपन्यास ‘वनिता’ पाठकमाझ आएको हो ।

सावित्री पोखरेल प्रकाशक रहनुभएको २८४ पृष्ठको यस कृतिको मूल्य ६०० रुपैयाँ राखिएको छ । इप्रेश प्रा.लि.मा मुद्रण गरिएको यो उपन्यासलाई कृष्ण भुसाल र रमेश दाहालले सम्पादन गर्नुभएको हो ।

उपन्यासमा ‘पूर्वाद्र्ध, फूलबारी, जिम्दार्नी बज्यै, मनको मयूर, बचेराको उडान, अल्लारे यौवन, बहकिँदो मन, लेखान्त, सत्पाहन्त, पुनर्मिलन, अन्तद्र्वन्द्व, लगनगाँठो र रंगमञ्च’ जस्ता उपशिर्षकहरू रहेका छन् । शृंगारिक उपन्यास ‘वनिता’ पोखरेलको चौथो कृति हो ।

‘मैले हाम्रै परिवेशमा भएका विभिन्न समयका पदचाप, घटनाक्रमलाई उपन्यासका रूपमा यहाँहरूसमक्ष प्रस्तुत गरेको छु । बाँकी जिम्मेबारी सुधी पाठकवर्गको काँधमा’, स्रष्टा पोखरेल भन्नुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?