नेपाल बैंकको सहयोगमा विद्यालय भवन

Read Time = 2 mins

काठमाडौं । नेपाल बैंकले बाराको चैनपुरमा निर्माण गरिएको विद्यालय भवन नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकको आर्थिक सहयोगमा विद्यालय भवन निर्माण भएको हो । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी तथा परवानीपुर गाउँपालिकाका अध्यक्ष राम क्षेत्री प्रसाद कुर्मीले संयुक्तरूपमा विद्यालय भवन हस्तान्तरण गर्नुभयो ।

बैंकका मधेश प्रादेशिक कार्यालयका प्रमुख प्रदिपकुमार पाठकको सभापतित्वमा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सुगन्धी देवी, प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियार, परवानीपुर ४ का अध्यक्ष गम्भीरा राउत कुर्मी तथा विद्यालयका प्रधानाध्यापक मदनप्रसाद कुर्मीको उपस्थिति रहेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बैंकले विभिन्न क्षेत्रमा छरिएर रहेको निक्षेप संकलन गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुका साथै देशको आर्थिक विकासमा योगदान गर्दै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वसमेत जिम्मेवार ढंगले बहन गरिरहेको बताउनुभयो ।

२०७५ चैत १७ गते टोर्नाडोले विद्यालय पूर्णरूपमा क्षति पुगेको समाचारसँगै बालबालिकालाई अध्ययनमा पुग्न सक्ने बाधा व्यवधानलाई मध्यनजर गरी तत्काल प्रक्रिया अघि बढाइएको र २०७६ वैशाख २९ मा बैंकद्वारा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?