अन्तरविद्यालय टेबल टेनिसको तयारी पूरा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपालको आयोजनामा हुने नवौँ राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिताको तयारी पूरा भएको छ । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा जेठ ४ र ५ गते हुने प्रतियोगिताको तयारी पूरा भएको कन्सेप्ट मेकर्जका प्रबन्ध निर्देशक प्रशान्त महर्जनले जनाउनुभएको छ ।

प्रतियोगितामा १९० ब्वाइज तथा ८० गल्र्स गरी जम्मा २७० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । उपत्यका तथा मोफसलका बुटवल र हेटौंडाका विभिन्न ३५ विद्यालय सहभागी हुनेछन् । कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले प्रतियोगितामा भाग लिन पाउने प्रावधान छ ।

ब्वाइज/गल्र्स सिंगल्स तथा टिममा गरी चार स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सिंगल्समा पहिलो हुनेले १५ हजार, दोस्रोले सात हजार पाँच सय तथा तेस्रोले तीन/तीन हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । डल्लुस्थित स्वर्णिम स्कुलको संयोजन तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा हुने प्रतियोगिताको पहिलो दिन ब्वाइज/गल्र्स सिंगल्सको फाइनल हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?