विभिन्न स्थानमा डुबेर तीन जनाको मृत्यु

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मोरङ, सिरहा र सुनसरीमा डुबेर तीन जनाको मृत्यु भएको छ ।

मोरङको लेटाङ नगरपालिका-९ बस्ने लेखराज राईको २६ महिनाको छोरा हिटलर राईको आफ्नै घर नजिकै पानीको पैनीमा डुबेर बिहीबार मृत्यु भएको छ । डुबेर असक्त भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिरहाको भगवानपुर गाउँपालिका-४ बस्ने अजय यादवकी छोरी १६ महिनाकी रोशनी कुमारी यादवको बिहीबार डुबेर मृत्यु भएको छ । सखुवान्नाकट्टी गाउँपालिका-२ पटना टोलस्थित मामा घरमा खेल्ने क्रममा घर नजिकै पोखरीमा डुब्दा उनको मृत्यु भएको हो ।

सुनसरीको बर्जु गाउँपालिका-६ टपरा टोल बस्ने बिनोद यादवको छोरा १५ वर्षीय राज भन्ने अजय यादवको बिहीबार डुबेर मृत्यु भएको छ । सोही ठाउँस्थित भैँसी चराउने क्रममा बुढी खोलामा डुबेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?