प्रधानमन्त्रीलाई सेयर बजार लगानीकर्ताको ज्ञापनपत्र

Read Time = 3 mins

काठमाडौं । सेयर बजार लगानीकर्ताका छाता संगठनहरूले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी विभिन्न माग प्रस्तुत गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर बुधबार लगानीकर्ताका संघ संगठनहरूले पुँजी बजारको विद्यमान अवस्थाबारे ध्यानाकर्षण गराउँदै पुँजी बजार सुधारका लागि छबुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

जसमा खुलारूपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया कार्यान्वयन गर्न माग गरिएको छ । त्यस्तै, सेयर कर्जामा लगाइएको एक सय ५० प्रतिशतको जोखिम भारित औसतलाई शतप्रतिशत कायम गर्न, १२ करोडको सीमा हटाउन, दीर्घकालीन र अल्पकालीन लगानीकर्तालाई क्रमशः तीन र पाँच प्रतिशत पुँजीगत लाभकर कायम गर्न, एकल अंकमा ब्याजदर कायम गर्न तथा तरलता समस्या समाधान गर्न माग गरेका छन् ।

१२ करोडसम्मको सेयर कर्जाको सीमाले सेयर बजारलाई निरुत्साहित गरेकाले सो व्यवस्था फिर्ता लिनुपर्ने, सेयर कर्जामा लगाइएको एक सय ५० प्रतिशतको जोखिम भारित औसतलाई शतप्रतिशत नै कायम गरिनुपर्ने, लगानीकर्तालाई अल्पकालीन र दीर्घकालीन लगानीकर्ताका रूपमा विभाजन गरी सोहीअनुरूप अल्पकालीन लगानीकर्तालाई पाँच प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई तीन प्रतिशत पुँजीगत लाभकरको व्यवस्था गरिनुपर्ने, विद्यमान ब्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकाले ब्याजदर पुनरवलोकन गरी एकल अंकमा कायम गरिनुपर्ने र तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था सिर्जना हुन गएकाले उक्त समस्याको तत्काल समाधानको व्यवस्था गरिनुपर्ने माग रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?