अख्तियारद्वारा सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक ग्राभेलको योजनामा भ्रष्टाचार गरेको आरोपमा बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जैसवालसहितका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सिम्रौनगढ नगरपालिका-९, बसबरियादेखि अमरपुर जाने बाटोमा माटो पुरेर ग्राभेल गर्ने काममा उपभोक्ता समितिसँगको सम्झौता सर्तविपरीत नभएको काम भएको भनेर झुटा बिल भरपाईका आधारमा १० लाख आठ हजार ९६५ रुपैयाँ भुक्तानी गरेको अख्तियारको दाबी छ ।

उक्त मुद्दामा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जयसवालसँगै लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, इञ्जिनियर अजितकुमार गुप्ता, असिस्टेन्ट सब इञ्जिनियर दिनेश कुमारविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारको भनाइ छ । अख्तियारले उनीहरूसँग पनि १० लाख आठ हजार ९६५ रुपैयाँ बिगो माग गरेको छ ।

मधेश प्रदेश सरकारको अनुदानबाट आव २०७७/७८ मा सञ्चालित योजनाहरूमा रकम निकासा गरी योजना सञ्चालन एवं सम्पन्न नै नगराई रकम हिनामिना गरेको उनीहरूविरुद्ध आरोप रहेको छ । बसबरियादेखि अमरपुर जाने बाटोमा माटो पुरी ग्राभेल निर्माण कार्यमा नगरपालिकाको कार्यालय र उपभोक्ता समितिबीच भएको सम्झौता बमोजिमको शर्त पालना नगरेको पाइएको छ ।

लागत अनुमानबमोजिम गर्नुपर्ने सबै कामहरू नगरी नभएको काम गरेको हो भनी नापी किताब र बिलसमेत तयार पारी कार्य सम्पन्न प्रतिवेदन प्रमाणित गरी झुट्टा बिल भरपाईसमेतका आधारमा उनीहरूले भुक्तानी लिएका थिए । सो बरारबको माग दाबीसहित बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

त्यस्तै, आयोगले सिम्रौनगढ नगरपालिका नगर कार्यपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसमेत तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरूविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी एवं राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोप रहेको छ । उनीहरूसँग नौ लाख ९५ हजार बिगो माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?