लागुऔषधसहित ५ जना पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं ।  झापा र रुपन्देहीबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् । झापाको दमक नगरपालिका-४ अडिया महलबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्रामसहित सोही ठाउँ बस्ने २८ वर्षीय दाम भन्ने सुसन धिमालसमेत तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । प्रहरीले उक्त घटनामा संलग्न हाल फरार १ जनाको खोजी गरिरहेको छ ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका-९ नयाँ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ७० मिलिग्रामसहित सोही उपमहानगरपालिका-११ बस्ने ४२ वर्षीय नारायण प्रसाद सिंजापतिसमेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ  ।

वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धान गर्ने क्रममा सोही उपमहानगरपालिका-१९ बस्ने ४१ वर्षीया माया गुरुङलाई १२ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, नगद २ हजार ५ सय रूपैयाँ र नियन्त्रित लागूऔषध स्पासमुक ३३ क्यापसुलसहित प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?