लिभरपुलका चार खेलाडी यसै सिजनबाट बिदा हुने, सम्मानमा शनिबार विशेष कार्यक्रम

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अन्तत : लिभरपुलका चार खेलाडीले यस सिजनको अन्त्यमा क्लब छाड्ने पक्का जस्तै भएको छ ।

सो क्लबका फरवार्ड रोबर्टो फिर्मिनोसहित मिडफिल्डर जेम्स मिलनर, एलेक्स च्याम्बरलेन र नेबी केइटाले सिजन समाप्त भएपछि लिभरपुलले छाडने निश्चितत भएको छ ।

लिभरपुल छाडन लागेका चारै खेलाडीको सम्झौता यसै सिजनको अन्त्यमा सकिँदैछ । सो सम्झौता सकिएसँगै उनीहरूले क्लब छाडन लागेका हुन् ।

लिभरपुलले बिगतमा अर्थात २०१९ मा च्याम्पियन्स लिग र २०१९/२० को सिजन प्रिमियर लिगको उपाधि जितमा यीनीहरुको महत्वपुर्ण भुमिका रहेको लिभरपुल ब्यवस्थापनले स्मरण गरेको छ ।

जसकाकारण पनि लिभरपुलले शनिबार घरेलु मैदानमा हुने एस्टन भिल्ला विरुद्धको खेलमा चार खेलाडीलाई विशेष सम्मानसहित अनौपचारिक रुपमा बिदाई सन्देश दिनका लागि कार्यक्रमको आयोजनासमेत गरेको छ ।

सो सम्मान कार्यक्रम पछि यस सिजन लिभरपुलले घरेलु मैदानमा खेल्ने अन्तिम खेसमेत हुनेछ ।

मिलनर र फिर्मिनो सँगै अर्थात २०१५ मा लिभरपुलमा आबद्ध भएका थिए । सो अघि म्यानचेष्टर सिटीमा रहेका ३७ वर्षीय मिलनरले भने प्रिमियर लिगमा ६ सय १७ खेल खेलेको रेकर्ड रहेको छ । उनी लिभरपुलवाट सर्वाधिक खेल खेल्ने सूचीको तेस्रो स्थानमा रहेका छन

यसैगरी, २५४ खेल खेलेर बिदा हुन लागेका फिर्मिनोले भने लिभरपुलका लागि ८० गोल गरेका छन् । ३१ वर्षीय फिर्मिनोसँगै मोहमद सलाहा र साडियो मानेको लिभरपुलमा खुबै जमेका खेलाडीको रुपमा स्मरण गरिन्छ ।

केइटाले लिभरपुलका लागि सबैभन्दा कम अर्थात जम्मा १ सय १९ खेल खेल्दै ११ गोल मात्रै गरेका छन् भने चेम्बर लेनले १ सय ४६ खेलवाट लिभरपुलका लागि १८ गोल मात्र गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?