पोखरीमा डुबेर बालकको मृत्यु

सांकेतिक तस्बिर

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । चर्को गर्मी भएपछि पोखरीमा नुहाउन पसेका चन्द्रनगर गापा( २ निवासी एक बालकको डुबेर मृत्यु भएको छ ।

वडा नम्बर २ बबरगंज स्थित मुसहरी टोला निवासी गणेश महतोको छोरा ६ वर्षिय अनुष महतोको शुक्रबार दिउँसो पोखरीमा डुबेर मृत्यु भएको हो । चर्को गर्मी भएकाले घर छेउमै रहेको पोखरीमा अनुष सहित उनकी बहिनी लगायत गाउँका ९/१० जना बालबालिका दिउँसो पौडी खेल्न पसेको स्थानीयले जनाएका छन् ।

करिब ३ बजेतिर अनुष डुबेको र गाउँलेहरुले बाहिर निकाल्दा मृत्यु भईसकेको प्रहरीले जनाएको छ । मृतक अनुषका बुबा वैदेशिक रोजगारीमा रहेका र आमा लगायत परिवारका अन्य सदस्यहरु समेत घरबाहिर काममा गएको बेला उनीहरु पौडी खेल्न पोखरीमा पसेका हुन् ।

आफूहरुलाई दिउँसो साँढे तीन बजे बालक डुबेको खबर प्राप्त भएको ईलाका प्रहरी कार्यालय ईश्वरपुरका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिनुभयो । हाल घटनास्थल प्रकृति मुचुल्का लगायत प्रकृया पूरा गरेर बालकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पताल पठाउने तयारी भईरहेको प्रहरी निरीक्षक केसीले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?