अमेरिकी प्रतिबन्धले महिला अधिकारमाथि असर

Read Time = 2 mins

काराकस । भेनेजुएलाविरुद्ध अमेरिकी प्रतिबन्धले महिला अधिकारलाई कमजोर बनाउँदै लगेको भेनेजुएलाका एक अधिकारीले संयुक्त राष्ट्रसंघको बैठकमा उल्लेख गर्नुभएको छ । संयुक्त राज्य अमेरिकाको एकपक्षीय जबरजस्ती कदमले ‘पीडित महिलाहरूको जीवन र अधिकारमा प्रत्यक्ष प्रभाव पार्छ,’ भेनेजुएलाका महिला तथा लैंगिक समानताका लागि जनशक्ति मन्त्री दिवा गुजमानले संयुक्त राष्ट्रसंघ समितिको ८५औँ सत्रलाई सम्बोधन गर्दै भन्नुभएको छ ।

स्विट्जरल्याण्डको जेनेभामा आयोजित महिलाविरुद्धको भेदभाव उन्मूलनसम्बन्धी कार्यक्रममा उहाँले प्रतिबन्धहरूले लैंगिक समानतालाई प्रवद्र्धन गर्न, नीतिहरू विकास गर्न र कार्यान्वयन गर्न ‘कठिन’ बनाउने र सार्वभौमसत्ता, आत्म–निर्णय, गैर–हस्तक्षेप, विश्वव्यापी र अविभाज्य’ का रूपमा यो आएको भन्दै निन्दा गर्नुभएको छ ।

भेनेजुएलाका सरकारी संस्थाहरूले महिलाहरूको ‘सक्रिय सहभागिता’ लाई ‘लोकतान्त्रिक मूल्यमान्यता’ को प्रवद्र्धन गरेको छ, गुजम्यानले महिलाविरुद्ध भेदभाव हटाउन संयुक्त राष्ट्र महासन्धिको कार्यान्वयनको अनुगमन गर्ने स्वतन्त्र विज्ञहरूबाट बनेको समितिबीच सो धारणा व्यक्त गर्नुभएको छ । रासस÷सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?