जुम्ला र कालीकोटमा पनि एनटी फाइबर सेवा

Read Time = 2 mins

काठमाडौं । नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशको जुम्ला र कालीकोटमा पनि एनटी फाइबर सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीका कर्णाली प्रदेशका निर्देशक मिलन श्रेष्ठले दुवै जिल्लामा ग्राहकलाई आवश्यक सिपिई हस्तान्तरण गरी एनटी फाइबर सेवाको शुभारम्भ गर्नुभएको हो ।

एनटी फाइबरमार्फत् अत्याधुनिक प्रविधिको प्रयोग गरी अब सो क्षेत्रका सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्रगतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्नेछन् । यसअघि नै कम्पनीले कर्णाली प्रदेशका सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुम पश्चिममा एफटिटिएच सेवा उपलब्ध गराइसकेको छ ।

फाइबर टु द होम (एनटी फाइबर) सेवाको हाल उपलब्ध अफरअन्तर्गतको प्याकमा एकैपटक चारवटा सुविधा लिन सकिन्छ । यसबाट एकैपटक उच्चगतिको इन्टरनेटका साथै टेलिभिजन चलाउन, टेलिफोन सेवा प्रयोग गर्न र मोबाइल डाटासमेत चलाउन सकिनेछ । एउटै तारबाट आवश्यकताअनुसार चारवटा सुविधा चलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई थ्री प्लस वान अर्थात् ‘अब एउटैमा तीन प्लस १’ सेवा नामाकरण गरेको छ । हाल स्प्रिङ अफरअन्तर्गत डाटा सुविधामात्र उपलब्ध भएको एफटिटिएच प्याकेज वार्षिक आठ हजार रुपैयाँमा उपलब्ध छ ।

त्यसैगरी एनटिटिभीसहितको प्याकेज लिने ग्राहकलाई वार्षिक १२ हजार मा २० एमबिपिएसको इन्टरनेट, तीन हजार मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटिटिभी सेवा उपलब्ध रहेको कम्पनीका प्रवक्ता शोभन अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?